• Radio Himshikhar
  • Nepal Telecom
  • test
News Updates
  • गणतन्त्र दिवस समारोहमा राष्ट्रपति सरिक
  • उत्तर कोरिया द्वारा छोटो दूरीमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल परीक्षण
  • आज दशौं गणतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै
  • सुरक्षाको दृष्टिकोणले ताप्लेजुङका ३१ वटा मतदान केन्द्र अति संबेदनसिल
  • बदर मत घटाउनको लागि मतदाता शिक्षाको कार्यक्रमलाई अगाडि बढाउदै जिल्ला निर्वाचन कार्यालय धनुषा
'दर्पण छायाँ २' यहि फाल्गुण २७ गतेबाट रिलिज हुदै
प्रकाशित मिति: मंगलबार, फाल्गुण २४, २०७३

२३ फाल्गुण । दशक पहिले बनेको फिल्म 'दर्पण छायाँ २' को नाम सापटी लिँदै अनि सिक्वेलको रुपमा नबुझ्न आग्रह गर्दै भेट्रान निर्देशक तुलसी घिमिरेले केहि महिना पहिले 'दर्पण छायाँ २' निर्माण घोषणा गरे । फिल्म बन्यो, सम्पुर्ण काम सकियो अब रिलिजको लागी तयार पनि छ । 

यहि शुक्रबार रिलिज हुने फिल्मको प्रतिस्पर्धी छैनन्, सोलो रिलिजको फाईदा फिल्मलाई पक्का हुनेछ । यसअघि सार्वजनिक गीत र ट्रेलरबाट नै फिल्मप्रति दर्शकको चासो र र उत्सुकता पैदा भएकोमा दुई मत छैन् । त्यसै त आशा अनि सम्भावनावान निर्देशक घिमिरेको फिल्मको सफलता आँकलन गर्ने ठाउँ धेरै छन् ।

सांगितिक रुपमा सशक्त मानिएको फिल्म  नेपाली फिल्मको लागी आशाको रुपमा हेरिएका चर्चामा रहेका मोडल पुष्प खड्का फिल्मका लिड अभिनेता हुन् भने उनिसँगै श्रद्धा प्रसाईं र साहारा कार्की लिड अभिनयमा छन् । नयाँ पुस्ताको चाहना र मनोभावना बुझ्दै सोहि प्रकारको कथा र प्रस्तुतीमा फिल्म बनेको भन्दै सबैको मन जित्नेमा निर्देशक घिमिरेले आशा व्यक्त गर्दै आएका छन् ।

Comments