• Radio Himshikhar
  • kankai Bikash Bank
  • test
News Updates
  • थ्रीस्टारको विवादसँगै एन्फाको बैठक स्थगित
  • स्थानीय बासिन्दालाई छिट्टै सुविधा दिन सञ्चारमन्त्रीको निर्देशन
  • शिक्षा पत्रकारिता पुरस्कार रौनियार र पौडेललाई
  • बन्दरगाह सञ्चालनमा आएको सातवर्ष बित्याे, अझै ठेक्का लागेन
  • अस्पतालले मनायाे १ सय २८ औँ वार्षिकोत्सव, भरपर्दो र सुविधा सम्पन्न बनाउन आवश्यक
“यो साइनो मायाको” यहि चैत्र ४ गतेबाट रिलिज हुदै
प्रकाशित मिति: सोमबार, फाल्गुण १६, २०७३

दमक, १६ फाल्गुण । पूर्वका विभिन्न स्थानहरुमा छायाकंन गरिएको नेपाली कथानक चलचित्र “यो साइनो मायाको” यहि चैत्र ४ गतेबाट रिलिज हुदै छ । 

प्रेम कथामा आधारित चलचित्र “यो साइनो मायाको” प्रचार प्रसारका क्रममा निर्माण पक्ष झापा आएको छ । अरुण प्रधानको निर्देशनमा तयार गरिएको सो चलचित्र यहि चैत्र ४ गतेदेखि देशभर एकसाथ प्रर्दशनमा आउने निर्माण पक्षले आज झापाको दमकमा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । समसामायिक विषयमा प्रेमकथालाई मुख्य आधार मानेर तयार गरिएको सो चलचित्रमा जतिन ताम्राकार, रेश्मा घिमिरेको मुख्य भुमिका रहेको छ ।

मोफसलका कलाकारहरुको संयोजनमा तयार गरिएको यस चलचित्रमा गौरब खतिवडाले खलनायकको मुख्य भुमिका निभाएका छन । राम कुमार श्रेष्ठले निर्माण गरेको सो चलचित्रमा युवा पुस्ताहरुलाई लक्षित गरि प्रेमकथालाई मुख्य मानिएको भएपनि चलचित्रको अन्त्यतिर भने वियोगान्त परिबेशलाई समाबेश गरिएको नायक ताम्राकारले बताउनु भयो । करिब ६० लाख रुपैया खर्चिर पुर्वाञ्चलका ऐतिहासिक तथा पर्यटकिय क्षेत्रहरुमा छायाकंन गरिएको चलचित्रले दर्शकहरुको मन जित्ने निर्माणपक्षको आशा गरेको छ ।

 

Comments