• Radio Himshikhar
  • kankai Bikash Bank
  • test
News Updates
  • पाँच सय दरका ३ सय ४८ थान नक्कली नोटसहित दुईजना पक्राउ
  • भरतपुर महानगरको मतगणनाको बहस सकियो , यस्तो भयाे निर्णय
  • अझै लम्बियो भरतपुर प्रकरणको सुनुवाई
  • माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको पक्षमा जनमत गर्ने
  • सवारी साधन अनुमतिपत्र प्रयोगात्मक परीक्षा रद्द
अाज देखी लुट २ देश भरका सय बढी हलमा
प्रकाशित मिति: शुक्रबार, फाल्गुण १३, २०७३

 १३ फाल्गुण । लुट चलचित्रले नेपाली सिने जगतमा धमाका मच्चाएकाले पनि दर्शकका लागि लुट २ प्रतिक्षाको विषय बनेको, फिल्म लुट २ आज देखी रिलिज हुँदैछ ।

यसअघि सार्वजनिक प्रचार सामग्रीबाट नै किर्तिमानीहरु बनाउँदै अघि बढेको फिल्मले अर्को किर्तिमानी थपेको छ । फिल्मको आईटम गीत ठमेल बजारुले युट्युवमा १ करोड बढि पटक हेरिएको रेकर्ड बनाएको छ । गत अक्टुबर २१ तारिखमा युट्युवमा अपलोड भएको उक्त गीतले मंगलबार १ करोड बढि भ्युअर्सको किर्तिमानी कायम गरेको हो । नेपालमा हालसम्म सर्वाधिक हेरिएका गीतमा ठमेल बजारु तीन नम्बरमा परेको छ ।

 फिल्म लुट २ ले नेपाली फिल्म उद्योगमा नै हालसम्मको सर्वाधिक ठुलो ओपनिङ विजनेसमा समेत रेकर्ड कायम गर्ने अनुमान लगाईएको छ । निश्चल बस्नेत निर्देशित फिल्म स्टारकास्टले भरिपुर्ण छ । माधव वाग्ले र नरेन्द्र महर्जनले निर्माण गरेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, ऋचा शर्मा, विपिन कार्की, कर्मा शाक्य, सुशिल पाण्डे लगायत लिड अभिनयमा छन् । अाज देश भरीका १०० भन्दा बढी हलमा याे फिल्म रिलिज हुँदैछ । ठमेल बजारु गीतमा संगीत तथा शब्द कालिप्रसाद बाँस्कोटाको छ भने स्वरमा बाँस्कोटालाई मीना निरौंलाले साथ दिएकी छिन् ।

Comments